Advertisement

मंसिर २७–२९ मा महाधिवेशन गर्ने एमालेको निर्णय

नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।
मंसिर २७–२९ सम्म ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गर्दै बैठक सकिएको हो ।बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको विशेष प्रस्ताव सुझाव सहित सर्वसम्मतिले पारित भएको छ । बैठकमा केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य, केन्द्रीय सचिवालय सम्बद्ध केन्द्रीय पदाधिकारीले आफ्नो सुझाव सहितको धारणा राखेका थिए । तीन दिनको बैठकमा केन्द्रीय कमिटीका २३३ जना,प्रदेश कमिटीका अध्यक्ष ८ जना, पोलिटब्युरोका ४६ जना,स्थायी कमिटीका २१ जना,केन्द्रीय निकायका ३ जना र पदाधिकारी १७ जनाले सदस्यले सुझावसहितको धारणा राखेका थिए ।
बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा जोड दिँदै आजको सङ्कटको समाधान गर्न, लोकतन्त्रको रक्षा गर्न, संविधानलाई लिकमा लान पनि प्रतिनिधिसभाको पुनस्र्थापना आजको माग हुनुपर्ने धारणा राखेका थिए ।