Advertisement

मंगलबार हिउँ र पानी पर्ने सम्भावना

आउँदो मंगलबार सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लुम्बिनी,बागमती र कोशी प्रदेशको पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा पनि हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको अनुमान गरिएको छ । त्यसैगरी सुदूरपश्चिम,लुम्बिनी र गण्डकी प्रदेशका तराई भू-भागका एक दुई ठाउँमा छिटपुटदेखि हल्का खालको पानी पर्ने सम्भावना छ । सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मको हिमाली र उच्च पहाडी भेगमा मध्यम खालको हिउँ र पानी पर्ने स्थानलाई जल तथा मौसम विज्ञान विभागले पहेँलो रंगले संकेत गर्दै सावधानी अपनाउन आग्रह गरेको छ ।