भोली बस्ने प्रतिनिधि सभाको बैठकबाट भूमीसम्बन्धी विधेयकलाई पारित गर्ने तयारी गरिएको छ ।
भोलीको बैठकमा भूमीसम्बन्धी विधेयकलाई पारित गर्ने कार्यसूची राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले भूमीसम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको बताए । भदौ १८ गते नागरिकता सम्बन्धी विधेयक र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । भदौ १७ गते राष्ट्रिय सभाबाट सन्देशसहित सङ्घीय निजामती विधेयक फिर्ता आएमा १८ गते टेबुल गर्ने र १९ गते पारित गर्ने तयारी गरिएको पनि जानकारी दिए ।
भोली भूमीसम्बन्धी विधेयक पारित गर्ने तयारी












