Advertisement

भोलिको प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारी

राप्रपाले भोलि काठमाडौंको बिजुली बजारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
भोलिको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रदर्शन दिउँसो १२ बजेबाट सुरु हुने बताइएको छ ।यसअघि बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने तयारीसहितको निर्णय गरेको एक नेताले बताएका छन।