Advertisement

भूमि विधेयक पारित गर्न सकस

सरकारलाई भूमि विधेयक पारित गर्न सकस भएको छ ।
आइतबार बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकले विचाराधीन भूमि विधेयक आज पनि पारित हुन सकेन । समितिमा मन्त्रालयले पेस गरेको संशोधित प्रतिवेदनमा समितिका सदस्यहरूले आशंका गरेपछि अध्ययनका लागि भन्दै बैठक स्थगित गरिएको हो। समितिमा संशोधित दफा १२ (छ) मा छलफल भएको थियो । यसअघि उक्त दफामा हदबन्दीभन्दा धेरै जग्गा लिनुअघि डीपीआर तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको थियो । संशोधित दफामा स्वीकृत गराउनुपर्ने व्यवस्थाको सट्टा ‘स्वीकृत प्रतिवेदन पेस गर्नुपर्ने’ उल्लेख गरिएको थियो । मन्त्रालयले यस्तो प्रतिवेदन स्वीकृत गराउने आफू आधिकारिक निकाय नभएकोले यस्तो व्यवस्था हटाएको थियो । तर, सांसदले राखेको संशोधनमा यसलाई केही ‘परिमार्जनसहित यथावत राख्न’ माग गरेका थिए ।
प्रस्तावित संशोधनमा अध्ययन गर्न पाउनुपर्ने मागपछि समिति सभापतिले बैठक स्थगित गरेको हो । उक्त विषयमा मङ्गलवारको बैठक छलफल हुनेछ ।