दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर भारतमा ३० जनाको ज्यान गएको छ ।
बाढीपहिरोका कारण असम राज्यका १५ जिल्लाका झन्डै एक लाख जना मानिस प्रभावित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन ।असमको ब्रम्हपुत्र लगायत १० वटा प्रमुख नदीको जलस्तर बढेको त्यहाँको केन्द्रीय जल आयोगले जनाएको छ । नदी र तल्लो तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन मुख्यमन्त्री हिमन्त विश्व शर्माले आग्रह गर्नुभएको छ ।
अविरल वर्षाका कारण असमका १२ जिल्लाका १७५ गाउँ डुबानमा परेका छन् । अत्यधिक वर्षाका कारण सडक यातायात र रेल सेवा अवरुद्ध भएका छन ।
भारतमा बाढीपहिरोका कारण ३० जनाको ज्यान गयो












