भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोट भएर आगलागी हुँदा २० जनाको मृत्यु भएको छ ।
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका मजदुर रहेका आजतकले जनाएको छ । शुरूमा छ जनाको ज्यान गएको पाइए पनि आगो निभाएर खोजी गर्दा मृतकको सङ्ख्या बढेको हो । विस्फोटका कारण कारखानाको स्ल्याब खसेर मजदुरहरु पुरिएका थिए ।घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन । प्रहरीले कारखाना मालिकविरुद्ध मुद्दा दर्ता गरेको छ ।सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
भारतमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको मृत्यु












