Advertisement

भारतद्वारा पाकिस्तानमा हवाई आक्रमण,सात जनाको मृत्यु

भारतीय सेनाले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेको छ ।
आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको ज्यान गएको छ ।अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी शिविरलाई लक्षित गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन । पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनाको भनाइ छ ।
गत अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो ।