भारतको बिहारमा बुधवार र बिहीवारको भीषण आँधीका क्रममा चट्याङ पर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर केही घाइते भएको भारतको विपद् व्यवस्थापन विभागले हिजो विज्ञप्तिमार्फत जानकारी दिएको छ ।खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका एएफपीले जनाएको छ ।बिहार राज्यको विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलले सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन नागरिकलाई सूचित गर्न निर्देशन दिनुभएको छ ।पटनाका केही भागमा ठूलो वर्षा र चट्याङको सम्भावना कायमै रहेको त्यहाँको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
भारतको बिहारमा चट्याङ लागेर दुई दिनमा ३३ जनाको मृत्यु












