बिहिबार राति पाकिस्तानले भारतका विभिन्न ठाउँमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण गरेका हुन ।
पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको भारतीय सञ्चार माध्यमले बताएका छन । भारतीय पक्षले एस–४०० एअर डिफेन्स मिसाइल सिस्टमले आक्रमण असफल बनाएको दाबी गरिरहेको छ ।पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट एअरफोर्स स्टेसनलाई निशाना बनाएका छन । भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान पनि भइरहेको छ ।
नियन्त्रण रेखा एलओसी नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानले गोलाबारी गरेको भारतीय पक्षको दाबी छ । भारत प्रशासित कश्मीरको जम्मू शहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
भारतका विभिन्न ठाउँमा पाकिस्तानको ड्रोन आक्रमण












