आज भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउँदै छन ।
उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन । मिस्री दुई दिन औपचारिक भ्रमणमा आउन लागेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।विदेश सचिवको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ अघि बढाउने अवसरका रूपमा लिइएको दूतावासले उल्लेख गरेको छ।
भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै












