सुदूरपश्चिम प्रदेश सरकारले बैतडी बस दुर्घटनामा मृत्यु भएका १३ जनाको परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।
शुक्रबार सुदूरपश्चिम मन्त्रिपरिषदको बैठकले मृतक परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको हो। बैठकले घाइतेको सरकारी अस्पतालमा नि ःशुल्क उपचार गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए। बैतडीमा बिहीबार बेलुका साढे ७ बजेतिर पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घर तर्फ फर्किने क्रममा बस दुर्घटना भएको थियो ।
बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिदै सुदूरपश्चिम सरकार












