Advertisement

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,४ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।
बुधबार राति शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा दुर्घटना भएको हो । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।
घाइते हुनेमा दशरथचन्द नगरपालिका(७ का ३४ वर्षीय जनक बडु,मेलौली(२ बस्ने ४३ वर्षीय डम्बरदत्त पाण्डे,३४ वर्षीय हरिश पाण्डे र २८ वर्षीय ओम पाण्डे रहेका छन । उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।