Advertisement

बेमौसमी वर्षाका कारण बीपी राजमार्ग पूर्ण अवरुद्ध

बेमौसमी वर्षाका कारण आएको लेदो र पहिरोले बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । राजमार्गको चौकीडाँडा,चार सय बेसी, डालाबेसी,बिरुवा डाँडा बोक्सीकुना,नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी रूपमा सडक अवरोध भएको छ । अवरुद्ध सडक सुचारु गर्न समय लाग्ने भएकोले वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।