Advertisement

बुटवलमा पूर्व श्रीमानले लिए श्रीमाती र दुई छोरीको ज्यान

बुधबार बिहान ४ बजेतिर बुटवलका सुजन कोइरालाले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन ।
बुटवलको होराइजनचोक स्थित मिलिजुली पथका ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो ।सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई घरमा बोलाएर हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।