नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा दायर गरेको हो ।फाइल प्राप्त भएसँगै सबै प्रक्रिया पूरा गरी अदालतमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए । जिल्लाले मुद्दा चलाउन नपर्ने निर्णयसहित महान्यायाधिवक्ताको कार्यालयमा पठाएकोमा अनुसन्धानपछि मुद्दा चलाउनुपर्ने देखिएकाले ठगी मुद्दा चलाइएको बताए । आरोपी मध्येका ३ जनाको मृत्यु भइसकेको छ ।
बालमन्दिर जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता












