Advertisement

बाढी र पहिरोले विभिन्न राजमार्ग अवरुद्ध

वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन ।
आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छ भने चारवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका रहेको प्रहरीले जनाएको छ । कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका(४ बरुण र मकालु गाउँपालिका(एकुवामा सडक अवरुद्ध भएको छ ।
बाढीले रसुवाको गोसाइकुन्ड गाउँपालिका(२ स्थित नेपाल र चीन नाका जोड्ने पुल बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका(५ तुइनखोलामा पहिरो जाँदा नारायणगढ(मुग्लिन सडक सडक पूर्णरुपमै बन्द छ ।यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका(४ काँडाबगरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।