Advertisement

बागमती प्रदेशसभाको बैठक ११ बजे बस्दै

बिहान ११ बजे बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ ।
बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा सांसदहरूले बजेटमाथि धारणा राख्नेछन ।बागमती सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि कुल रु ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक सन्तुलन, उत्पादनशीलता वृद्धि र सामाजिक विकासलाई लक्ष्य गर्दै बजेट प्रस्तुत गरिएको प्रदेश सरकारको दाबी छ।