Advertisement

बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीद्धारा शपथ

आज बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिएका छन ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई मकवानपुरको हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन । प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए भने मुख्यमन्त्री बानियाँले कांग्रेसका २ र एमालेका ६ गरी ८ जना मन्त्रीहरू सिफारिस गरी प्रदेश प्रमुखले नियुक्त गरेका थिए।