आइतबार बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा लाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
उनीविरुद्ध चैत २५ मा अदालतबाट पुर्जी जारी भएको थियो । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।उनीविरूद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ । २०८१ चैत २५ मा उनिविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । उनिविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा २३ वर्षीया युवतीले जाहेरी दिएकी छन । झाले पीडितलाई काठमाडौँ स्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ ।
बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख पक्राउ












