आज दिउँसो साढे २ बजे सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले कूटनीतिक निकायहरूसँग छलफल गर्ने भएको छ ।
नेपालको वर्तमान अवस्थाबारे‘ब्रिफिङ’गर्न कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी हुन् । बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूसँग छलफल गर्नेछ । बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिम सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुनेछ ।
प्रधानमन्त्री कार्कीसँग राजदूतहरुले छलफल गर्दै












