Advertisement

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । नेपाल आर्मी क्लबले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५ ओभर दुई बलमा चार विकेट गुमाएर भेट्टायो ।पुलिसका लागि कुशल भुर्तेलले सबैभन्दा धेरै ६१ रन बनाए । यस्तै अमित श्रेष्ठले ३९ र दीलिप नाथले नटआउट ३१ रन बनाए । आर्मीका लागि शाहब आलामले तीन र नरेन साउदले एक विकेट लिए । यो जीतसँगै प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले तीन पटक र आर्मीले एकपटक उपाधि जितेको छ ।