बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबिच भेटवार्ता भएको छ ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको बताएको छ । यसअघि चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका नेता शेखर कोइराला, नेपाली काँग्रेसका नेता उदय शम्शेर राणा, अर्का नेता प्रकाशशरण महत, माओवादीका उपमहासचिव जनार्दन शर्मालाई पनि भेटेका थिए ।
प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवालेबिच भेट












