सोमबार अपराह्न सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
उनीहरूबीच समसमायिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताएको छ।भेटमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए । आइतबार प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच पनि भेटवार्ता भएको थियो । उनीहरूबीच संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता












