Advertisement

प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

आज प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौता गरेका छन ।
चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गरिएको हो । गत वर्ष भदौ २७ गते कार्यसम्पादन सम्झौता भएको थियो । यस वर्ष झन्डै एक महिना अगाडि सम्झौता भएकाले वर्षभरि गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।