Advertisement

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता

सोमबार साँझसम्म निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भएको छ ।
प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेबाट सुरु भएको हो । यही १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दर्ताको समय छ । ६४ वटा दलमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू छन । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका वाम दल र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन ।नेकपा एमाले सहितका कतिपय दलको भने बाँकी नै छ ।