Advertisement

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ,राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने

सोमबारदेखि जारी प्रतिनिधिसभाको बैठकमा आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । बैठक बिहान ११ः०० बजे बस्ने छ ।
राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यतालिका रहेको छ ।