Advertisement

पौडी खेल्न गएका दुई बालक बेपत्ता

मंगलबार दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये दुई जना बालक नारायणी नदीमा बेपत्ता भएका छन ।
मध्यविन्दु १२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन बेपत्ता भएका मध्यविन्दु नगरपालिका वडा नं १२ का वडाध्यक्ष कान्ताप्रसाद कुमालले जानकारी दिए ।वेपत्ता भएका बालकहरु एउटै परिवारका दुई भाइका छोरा हुन । घरबाट दुई किलोमिटर टाढा मध्यविन्दु नगरपालिकाको वडा नम्बर १५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए ।