आईताबार पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
७४ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले पुष्टि गरेका हुन। गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन । कास्कीमा ५ जना, बागलुङमा २ र स्याङ्जामा एक जना सङ्क्रमित छन ।
पोखरामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु












