Advertisement

पेट्रोल र डिजेलको मूल्य बढ्यो

शनिबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको हो । भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जारी गरेको विज्ञप्ति उल्लेख छ ।
तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको जनाइएको छ ।