Advertisement

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ ।
बिहिबार बिहानदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार,पेट्रोलमा ४ रुपैयाँ, डिजेलरमट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ ।