Advertisement

पेट्रोलियम पदार्थको मूल्य घट्यो

बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य लिटरमा पाँच रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेलरमट्टीतेल लिटरमा एक रूपैयाँ घटाएको जानकारी दिएको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।