सोमबार साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको गाडी पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
मृत्यु हुनेमा सवारीधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुंगाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष छन ।
ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्काको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो।
गाडी सडकदेखि ३०० मिटर तल खसेको थियो ।
पाल्पामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु












