नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन ।
पोखरेलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक धारणा राख्दै ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै उनले अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न आग्रह गरेका छन । पोखरेलले विगतमा पार्टीभित्रको आन्तरिक विवादले एमालेले भोग्नुपरेका नकारात्मक अनुभवको स्मरण गराउँदै त्यसै किसिमको अवस्था दोहोरिन नदिन नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन । संस्थागत रूपमा भएका निर्णयको विरोधमा कुनै गतिविधि नहुने दाबी गर्दै उनले व्यवहारमा काखा–पाखा देखिए असन्तुष्टि स्वाभाविक रूपमा व्यक्त हुने धारणा राखेका छन ।
नेतृत्व चयनमा सर्वसम्मति बन्न नसक्नुका पछाडि नेतृत्वबाट ठोस पहल नहुनु पनि एउटा कारण भएको बताए । उनले पार्टी एकतालाई बलियो बनाउन सबै तहबाट जिम्मेवार व्यवहार आवश्यक रहेको बताए ।
पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुनसक्छ : ईश्वर पोखरेल












