Advertisement

पार्टीभित्र झगडा गरेर समय खेर नफाल्न आरजू राणाको आग्रह

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीभित्र झगडा गरेर समय खेर नफाल्न कांगेसका नेता कार्यकर्तालाई आग्रह गरेका छन ।
आज पोखरामा नेपाल तरुण दल कास्कीले आयोजना गरेको ‘नेपालको परराष्ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाको सरोकार विषयक संवाद कार्यक्रम’मा उनले यस्तो बताएको हो । कांग्रेसकासामु मुलुकलाई नेतृत्व गर्ने राम्रो अवसर आएको भन्दै उनले पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्नुपर्ने बताए । मन्त्री देउवाले राजनीतिमा धैर्यता र सकारात्मक सोच चाहिने भन्दै पद र अवसर नपाए पार्टी नै छोडेर हिँड्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे ।