अविरल आएको वर्षका कारण धादिङको थाक्रे गाउँपालिकाको सातकिलोमा आज बिहान साढे तीन बजेतिर पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पुनः दुईतर्फी नै अवरुद्ध भएको छ।गएराति खसेको पहिरो पन्छाएर केही घण्टा सवारी साधन चले पनि आज बिहान पुनः खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अवरुद्ध सडकको पहिरो पन्छाउने काम भइरहेको कार्यालयले जनाएको छ।
पहिरोका कारण काठमाडौं–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध












