Advertisement

पटक पटक हेर्दा हेर्दामा पर्दै आएको रविको सुनुवाई आज होला कि नहोला ?

गत मंगलबारदेखि हेर्दा हेर्दामा पर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।
पटक पटक हेर्दा हेर्दामा पर्दै आएको रिटमाथि आज सुनुवाई होला कि नहोला भनेर अहिले सबैमा अन्यौलता सिर्जना भएको छ । रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा छ ।
बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन । आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन ।