Advertisement

नेप्से २.८० अंकले बढ्यो

शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८० अंकले बढेर २ हजार ६ सय ५८ दशमलव ६६ विन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ११ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका ३ करोड ३६ लाख कित्ता शेयर १३ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।आज फाइनान्स, जलविद्युत लगानी, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।