Advertisement

नेपाल सुपर लिगमा ललितपुर सिटीको पहिलो जीत

नेपाल सुपर लिग २०२५ मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जीत निकालेको छ ।
ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । दुई खेलबाट ४ अङ्क जोडेर ललितपुर अङ्कतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।पोखराको यो लगातार दोस्रो हार हो । दुई खेलबाट पोखरा अङ्कविहीन छ । ललितपुरका लागि विदेशी खेलाडी जोनाथान कान्टिलानाले दुई तथा इमोह इजेकेलेल एक गोल गरे ।
प्रतियोगितामा आज झापा एफसी र काठमाण्डौ रेजर्स खेलदैछन ।