Advertisement

नेपाल सुपर लिगमा ललितपुर र झापाले बराबरीमा

बुधबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा साविक विजेता ललितपुर सिटी एफसी र झापा एफसीले बराबरी खेलेका छ ।
झापाले ललितपुर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । योसँगै ललितपुर ६ खेलबाट १२ अङ्क बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ ।समान खेलबाट पाँच अङ्क बटुल्दै झापा तेस्रो संस्करणको एनएसएलबाट बाहिरिएको छ । झापा एनएसएल इतिहासमा सबैभन्दा बढी बराबरी खेल्ने टोली बनेको छ ।
तीन संस्करणमा १५ खेल खेलेको झापाले नौ खेल बराबरीमा सक्काएको छ । झापाले यो संस्करणमा मात्रै पाँच बराबरी खेलेर कुनै पनि खेल नजिती प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र एफसी चितवन खेल्दैछन ।