Advertisement

नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा समिर रिजाल विजयी

सोमबार भएको नेपाल ल क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्षमा अनेरास्ववियुका समिर रिजाल विजयी भएका छन।
उनले ८७१ मतसहित विजयी हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका महोम्मद माजिद प्रवेजले ७५७ मत पाएका छन भने प्रतिद्धन्द्धी प्रदीप विकले १७ मत पाए।
सचिवमा नेविसंघका मनमोहन भट्ट विजयी भएका छन भने कोषाध्यक्षमा नेविसंघकै विधिशा मिश्रा विजयी भएकी छन।