Advertisement

नेपाल भारत मैत्री अस्पतालको शैक्षिक निर्देशकमा चितवनका महेश लामिछाने नियुक्त

बुधवार नेपाल भारत मैत्री अस्पताल (शिक्षण कलेज) को शैक्षिक निर्देशकमा चितवनका युवा व्यवसायी महेश लामिछाने नियुक्त भएका छन ।
उनी लामो समयदेखि चितवनमा रहेर व्यवसाय गर्दै आएका थिए । लामिछानेको नियुक्ती सँगै अस्पतालले शैक्षिक क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास रहेको अध्यक्ष पवन पाठकले बताए । लामिछानेले अस्पताललाई नयाँ उचाईमा लैजाने योजना रहेको पनि जानकारी दिए । अस्पतालले यसै वर्ष मात्रै सिटीईभिटी अन्तर्गतको ३ वर्षे स्टाफ नर्स, सामान्य चिकित्सा (एचए) र फार्मेसीका लागि सम्बन्धन प्राप्त गरेको छ । अहिले धमाधम आवेदन फारम भर्ने काम भईरहेको नवनियुक्त शैक्षिक निर्देशक लामिछानेले जानकारी दिए । एसईई दिएर बसेका विद्यार्थीहरुले साउन २६ गतेसम्म फारम भर्न सक्ने पनि बताए ।
प्राविधिक शिक्षा आजको आवश्यकता रहेको धारणा रख्दै लामिछानेले सिप मुलक शिक्षा अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।