पछिल्लो समय नेपालमा कोरोनाको सङ्क्रमण बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा ७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले जनाएको छ । पछिल्लो एक हप्तामा मात्रै ४० नयाँ सङ्क्रमित थपिएका छन। यस्तै, गएको पुसदेखि हालसम्म ३ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
हालसम्म देशका ३९ जिल्लामा कोभिडका बिरामी भेटिएको ईडिसिडीले जनाएको छ । पछिल्ला दिनहरूका आँकडालाई हेर्दा सङ्क्रमण दर बढेको छ ।हालसम्म बागमती प्रदेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २४५ जना पुगेको छ । बागमतीमा पछिल्लो ७ दिनमा २३ जना थपिएका छन । कोशी प्रदेशमा ८, गण्डकी र लुम्बिनीमा ३–३, मधेसमा २ र कर्णालीमा १ जना नयाँ सङ्क्रमित थपिएका छन ।
नेपालमा कोरोनाको सङ्क्रमण बढ्दै












