नेकपा एमालेको विधान महाधिवेशन आज पनि जारी रहेको छ ।
आज थप तीन प्रतिवेदन पेस हुने जनाएको छ । निर्वाचन आयोग,लेखा र अनुशासनको आयोगका प्रतिवेदन आज पेस हुने बताइएको छ । स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत भने पहिलो दिन नै पेस हुने कार्यसूची भए पनि पेस हुन सकेन । पहिलो दिन उद्घाटनसँगै चार वटा प्रतिवेदन मात्र पेस भएका छन । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठानिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवदन पेस भएका हुन ।
नेकपा एमालेको विधान महाधिवेशन आज पनि जारी












