Advertisement

निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह

आज प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूको भेटमा यस्तो आग्रह गरेकी हुन । बैठकमा राष्ट्रपति पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरू समेतको उपस्थिति रहेको थियो । चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा गम्भीर छलफल गरिएको र चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको पनि उल्लेख गरेकी छन ।प्रधानमन्त्री कार्कीले सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएको भन्दै चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको पनि बताएकी छन ।