Advertisement

निर्वाचन सम्पन्न गराउन तयार छ : निर्वाचन आयोग

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोग समयमै निर्वाचन सम्पन्न गराउन तयार रहेको बताएका छन ।
बिहीबार नवनियुक्त गृह,कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्ने क्रममा आयोगलाई कामबाट पन्छिने छुट नभएको उल्लेख गर्दै आफ्नो निष्ठामा कसैले प्रश्न गर्ने ठाउँ नदिने प्रतिबद्धता जनाएका हुन । भण्डारीले शान्ति सुरक्षाबिना निर्वाचन सम्पन्न गर्न नसकिने भन्दै सरकारको ध्यानाकर्षण गराए। मुलुकमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताए। उनले कानुनबमोजिम दर्ता भएका सबै राजनीतिक दलहरूलाई सहभागी गराउने र उनीहरू तथा स्वतन्त्र उम्मेदवारहरूलाई बिना कुनै अवरोध निर्बाध रूपमा प्रचार प्रसार गर्ने र आफ्ना धारणा राख्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।