शनिबारदेखि आगामी असार २४ गतेसम्म काठमाडौँको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ ।
शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरेको हो । जेठ १५ गतेदेखि राजावादीहरुको प्रदर्शन सुरु भएसँगै सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
नारायणहिटी आसपास क्षेत्रमा निषेधाज्ञा घोषणा












