Advertisement

नव नियुक्त प्रधानमन्त्रीलाई चुनौती नै चुनौती

गत भदौ २३ र २४ गतेको जेनजी अन्दोलनको उथल पुथलले सरकार ढलेपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएका छन ।
उनी नेपालको पहिलो प्रधानन्यायाधीश हुन भने अहिले नेपालको पहिलो प्रधानमन्त्रीमा नियुक्त भएका छन । उनी प्रधानमन्त्रीमा नियुक्त भएसँगै निरासामा रहेको नेपाली जनताले देशले निकास पाउने अपेक्षा गरिएको छ । तर उनलाई भने यो सहज परिस्थिति देखिएको छैन । उनले प्रधानमन्त्रीको पदभार ग्रहण गरेसँग आगामी फागुन २१ गतेको लागि निर्वाचन मिति समेत घोषणा गरेको छ । तर,यसैबीचमा प्रतिनिधि संसद विघटन गरिएको विषयमा ८ दलहरुले असमति जनाएका छन । ८ दलले संयुक्त विज्ञप्ति जारी गर्दै विघटनको सम्बन्धमा असहमति जनाएका हुन । संसद विघटन संविधान तथा प्रचलित कानून बमोजिम सुसाशनको माग राखेर भएको आन्दोलनको मर्म विपरित अलोकतान्त्रिक तथा असंवैधानिक ढङ्गले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको भन्दै दलहरुले आक्रोश पोखेका छन ।
त्यस्तै,जेनजीका नेता सुदन गुरुङले जेनजी पिडितहरुको माग पुरा नभए अन्तरिम सरकार पनि ढल्ने चेतावनी दिएका छन । नियुक्त प्रधानमन्त्री कार्कीले आईताबर नै तीन जनाको मन्त्री मण्डल विस्तार गरेका छन । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन भने २ हजार ३१६ जना घाइते भएका थिए । प्रधानमन्त्री सुशीला कार्कीले महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त गरेका छ । प्रधानमन्त्री कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेसँगै उनी पनि नेपालको पहिलो महिला महान्यायाधिवक्ता भएको छ ।
प्रधानमन्त्रीमा कार्की नियुक्त भएसँगै धेरै महिलाहरुले कार्कीबाट आशा गरेको छ । धेरै महिलाहरुले नेपालमा पहिलो प्रधानमन्त्री भएर इतिहास रचेकोमा उनलाई शुभकामना दिदै हर्षित भएका छन । भने अभिनेत्री केकी अधिकारीले आफ्नो सामाजिक सञ्जाल फेस बुकमा सतीले सरापेको देश हाइन देवीले आँगालेको देश हो भन्दै स्टटास लेखेकी छिन ।
यसरी नेपाली जनताले कार्की प्रति आशा र भरोस राखि रहदा विभिन्न दलहरुले असहमति जनाउनु र दलीय प्रवृतीका कारण उनको कार्यकाल सफल होला कि नहोला भन्ने मा यति खेर धेरैको मनमा प्रश्न उब्जेको छ । उनले जेनजीको माग अनुसार र नेपाली जनाताको भावना अनुसार काम गर्न सक्ला कि नसक्ला ? यो भने कार्कीको लागि चुनौती रहेको छ ।