शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन ।
उनले निर्वाचनमा भाग लिनका लागि मात्रै दल खोल्न नलागेको दाबी गर्दै आफ्नो ‘बटमलाइन’ सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी आफ्नो प्रमुख मुद्दा भएको उनको भनाइ छ। उनले जेनजी अभियन्ताहरूलाई एकजुट बनाएर संगठित रूपमा अगाडि बढ्नका लागि नयाँ दल खोल्न लागिएको स्पष्ट पारे ।दनयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने ढुंगानाले जानकारी दिए।
नयाँ राजनीतिक दल खोल्ने जेनजी अभियन्ता मिराज ढुंगानाको घोषणा












