गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको आज निधन भएको छ ।
तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उनी नेकपा एमालेबाट मेयर भएको थियो ।
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन












